अन्तर्राष्ट्रिय अपांगता दिवस २०२५ को अवसरमा हार्दिक शुभकामना

अन्तर्राष्ट्रिय अपांगता दिवस २०२५ को अवसरमा हार्दिक शुभकामना

दैलेख :सोसेक नेपाल अन्तर्राष्ट्रिय अपांगता दिवस २०२५ को अवसरमा शुभकामना व्यक्त गरेको छ । मंगलबार  एक प्रेसनोट जारी गर्दै “अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई सशक्त बनाउँदै समावेसी र दिगो भविष्यतर्फ” भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो ।
कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा समावेशी समाज निर्माण नै सामाजिक प्रगतिको मूल आधार हो । अपांगता भएका व्यक्तिहरूलाई समान अवसर, पहुँचयोग्य सेवा, सम्मान र सहभागिता सुनिश्चित नगरी कुनै पनि समाजले दिगो विकास हासिल गर्न सक्दैन उक्त प्रेसनोटमा जारी गरीएको छ ।


सोसेक नेपाल अपांगता भएका व्यक्तिहरूको अधिकार, सुरक्षा, सम्मान र जीवनस्तर उकास्न निरन्तर प्रतिबद्ध छ । हाम्रो संस्थाले बाल संरक्षण, वास, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, सामाजिक उत्तरदायित्व तथा स्थानीय शासनका कार्यक्रमहरूमा समावेशी दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको छ । यस अवसरमा, सोसेक नेपाल कार्यरत सवै पालिकाहरूमा समन्वय गरी दिवससम्बन्धी कार्यक्रम आयोजना गर्ने, स्थानीय अपांगता सञ्जाल, विद्यालय, स्वास्थ्य संस्था तथा समुदायसँग संयुक्त रूपमा सचेतना गतिविधिमा सक्रिय सहभागिता रहने जानकारी गराउन चाहन्छौँ ।


अपांगता भएका व्यक्तिहरूको नेतृत्व, आवाज, सीप र योगदानलाई सम्मान गर्ने हाम्रो प्रतिवद्धता यस वर्षको नारासँग अझ सबल रूपमा जोडिएको छ । यस अन्तर्राष्ट्रिय अपांगता दिवसले हामी सबैमा समावेशी समाज, समान अवसर र सबैका लागि पहुँचयोग्य वातावरण निर्माण गर्ने प्रेरणा जगाओस् । अपांगता भएका व्यक्तिहरूको आवाज, पहुँच र अवसरलाई बलियो बनाउन सोसेक नेपाल सदा प्रतिबद्ध छ ।


 

प्रतिक्रिया