एनपिएलमा आज दुई खेल : विराटनगरले सुदूरपश्चिम र चितवनले पोखरासँग भिड्दै
काठमाण्डौ : नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान ११ः१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका टोलि समेत हुन् ।

लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार ब्यहोरेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ । त्यस्तै आज शनिबारको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज , विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् भने पोखरा ,चितवन, कर्णाली र जनकपुर प्लेअफ समिकरणबाट बाहिरिएका टोली समेत हुन ।
प्रतिक्रिया