चन्दननाथ–१ मा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

चन्दननाथ–१ मा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

जुम्ला  – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा घरेलु हिंसा सम्बन्धी सचेतना कार्यक्रम चन्दननाथ नगरपालिका वडा नम्बर १ मा सम्पन्न भएको छ।

कार्यक्रममा घरेलु हिंसाका रूपहरू, यसको कारण र असर, कानुनी व्यवस्था तथा पीडितले पाउने सहयोग र सेवा सम्बन्धी विषयमा सचेतना गराइएको थियो। सहभागीहरूलाई हिंसा न्यूनीकरणका उपाय, उजुरी प्रक्रिया र समुदायस्तरमा सचेत भूमिकाबारे पनि जानकारी गराइएको थियो ।

एईआइएन लक्जेम्बर्गको साझेदारी चन्दननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा समपन्न भएको हो । वडा कार्यालयको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय महिला, किशोरी तथा समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिक्रिया