भ्रष्टाचारविरुद्ध एकजुट भएर अघि बढ्न सोसेकको आह्वान

भ्रष्टाचारविरुद्ध एकजुट भएर अघि बढ्न सोसेकको आह्वान

सुर्खेत -  सोसेक नेपालले अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै भ्रष्टाचारविरुद्ध सबै पक्ष एकजुट भएर अघि बढ्न आह्वान गरेको छ ।

संस्थाले जारी गरेको प्रेस नोटमा भ्रष्टाचारले सुशासन, सामाजिक न्याय, समावेशी विकास तथा जनविश्वासमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ। पारदर्शिता, जवाफदेहिता र इमानदारीको अभ्यासबाट मात्र दिगो शान्ति र समृद्ध समाज निर्माण सम्भव हुने संस्थाको धारणा छ।

संदेशमा सोसेक नेपालले भ्रष्टाचारमुक्त संस्था निर्माण, सेवा प्रवाहमा पारदर्शिता र समुदायस्तरमा सुशासन प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहेको जनाएको छ । साथै, इमान्दारिता र उत्तरदायित्वको संस्कारलाई आत्मसात गर्दै भ्रष्टाचारविरुद्ध सामूहिक रूपमा अघि बढ्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।

प्रतिक्रिया