सामाजिक बिकास कार्यालय दैलेखद्धारा राउटे समुदायलाई लत्ताकपडा बितरण
सुर्खेत : सामाजिक बिकास कार्यालय द्धारा राउटे समुदायको लागि शिक्षा,स्वास्थ्य, प्रवधन तथा क्षमता विकासका लागि लोपन्मुख जाति राउटे समुदायमा लत्ताकपडा वितरण गरिएको छ । मंगलबार सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर ७ पुलटारमा बसोबास गर्दै आएका अल्पसंख्यक राउटे समुदायमा लत्ताकपडा बितरण गरिएको हो । सामाजिक बिकास कार्यालय दैलेखको आयोजना र सोसेक नेपाल,गुराँस गाउँपालिकाको समन्वयमा राउटे समुदायका घर परिवारका १३३ जनालाई लत्ताकपडा वितरण गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले भने "सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने र सेवा नै धर्म हो भन्ने हेतुले यो हाम्रो नेपालकै गौरबको राउटे समुदाय भएकोले यसलाई संरक्षण गरी राउटे समुदायलाई थप ब्यावस्थित गर्न हाँमि सबैको दाईत्व रहेको बताए । राउटे समुदायको पहिचान बनाउन नागरीक समाज,स्थानिय सरकार,संघ सस्था र प्रदेश सरकारले पनि संरक्षण गरीरहेको बताए । पछिल्लो समयमा बजारमा पाइने मदिरा नभइ आफैले उत्पादन गरेको मदिरा सेवन गरेको पाइयो उनले भने ।"
कार्यक्रममा गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बि.सीले भने गुराँस गाउँपालिकाले बिशेष गरी राउटे समुदायलाई नियमित संरक्षण गरीरहेको बताए । राउटे समुदायका मुख्य चार्डहरु ४ वटा मान्दै आएको औल्याए । उनिहरुले बिशेष गरी साउने सक्राति, दशै पर्व,माघि सक्राति, र चैते दशै पर्वलाई मध्येनजर गरेर ३ महिनाको अन्तरमा यस गाउँपालिकाले भत्ता बितरण गर्दै आएको अध्यक्ष बिसीले बताए ।
उत्त कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा,सामाजिक बिकास कार्यलय देलेखका कार्यालय प्रमुख लोकेन्द्र बहादुर बिष्ट , नागरीक समाज ,पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया