अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२५ को अवसरमा हार्दिक शुभकामना !
दैलेख: सोसेक नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२५ को अवसरमा शुभकामना व्यक्त गरेको छ । मंगलबार एक प्रेसनोट जारी गर्दै “मानव अधिकार सबैका लागि — समानता, मर्यादा र न्यायपूर्ण समाजको आधार” भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो ।
कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा जारी गर्दै १० डिसेम्बर, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा, हामी सबै नेपाली नागरिक तथा विश्वभरका मानव अधिकारका पक्षधरहरूलाई सोसेक नेपाल को तर्फबाट हार्दिक शुभकामना उक्त प्रेसनोटमा जारी गरीएको छ ।
सोसेक नेपाल मानवीय मर्यादा, समानता र सामाजिक न्यायमा आधारित समाज निर्माणको पक्षमा सदा प्रतिबद्ध छ । हामी लैङ्गिक समानता, बालअधिकार, सामाजिक समावेशिता, साना जातीय समुदायका अधिकार तथा सवै प्रकारको विभेद विरुद्ध निरन्तर आवाज उठाउदै आइरहेका छौ ।

प्रतिक्रिया