मानव अधिकार दिवस तथा १६ दिने अभियानअन्तर्गत चेतनामूलक र्याली
कालिकोट - खाडाचक्र नगरपालिकामा ७७औँ मानव अधिकार दिवस तथा अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सोमबार चेतनामूलक र्याली आयोजना गरिएको छ।
र्यालीमा खाडाचक्र नगरपालिका, जिल्ला प्रशासन कार्यालय कालिकोट, जिल्ला प्रहरी कार्यालय, समुदाय प्रहरी साझेदारी, सोसेक नेपाल, मानवअधिकार संरक्षण समिति, स्थानीय संस्थाहरू, विद्यालयका विद्यार्थी तथा सामाजिक अभियन्ताको सक्रिय सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट सुरु भएको र्याली खाडाचक्र बजारका विभिन्न सडक हुँदै सम्पन्न भएको हो । सहभागीहरूले “लैङ्गिक हिंसा अन्त्य गरौँ”, “मानव अधिकार सबैका लागि”, “सुरक्षित समाज निर्माण हाम्रो प्रतिबद्धता” जस्ता सन्देशसहितका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।
सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाकिा अनुसार, अभियानले स्थानीय तहमा लैङ्गिक हिंसाबारे चेतना विस्तार गर्न, मानव अधिकारप्रतिको सम्मान बढाउन तथा समुदाय–प्रहरी सहकार्यलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
प्रतिक्रिया