'पर्वत संरक्षण र दिगो विकासका लागि एकजुट बनौँ'
सुर्खेत - अन्तर्राष्ट्रिय पर्वत दिवस २०२५ को अवसरमा सोसेक नेपालले शुभकामना सन्देश जारी गर्दै पर्वतीय क्षेत्रको संरक्षण, दिगो विकास र प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापनमा सबैलाई एकजुट हुन आग्रह गरेको छ।
प्रकृतिको अनुपम उपहार मानिने पर्वतले जैविक विविधता, स्वच्छ पानी, वातावरणीय सन्तुलन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सोसेक नेपालले पर्वतीय सम्पदाको कदर र संरक्षण सबैको साझा दायित्व भएको जनाएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “पर्वतहरू हाम्रो जीवन, जीविकोपार्जन र संस्कृतिको आधारशिला हुन्। त्यसैले पर्वतीय क्षेत्रको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक छ। पर्वतको सम्मान गरौँ, प्रकृतिलाई जोगाऔँ।”
प्रतिक्रिया