अन्तर्राष्ट्रिय तटस्थता दिवसको अवसरमा हार्दिक शुभकामना
दैलेख : सोसेक नेपाल अन्तर्राष्ट्रिय तटस्थता दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । शुक्रबार एक प्रेसनोट जारी गर्दै सोसेक नेपाल सम्पूर्ण समुदाय, साझेदार संस्था, सरकारी तथा गैर–सरकारी निकाय, स्थानीय तह, कर्मचारी तथा स्वयंसेवकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा तटस्थता शान्ति, सहअस्तित्व र पारस्परिक सम्मानको आधारस्तम्भ हो । विविधता, मतभिन्नता र चुनौतीपूर्ण परिस्थितिहरूका बीच पनि निष्पक्ष दृष्टिकोण कायम गर्दै, न्यायप्रति अटल प्रतिबद्धता र समावेशी संवादको माध्यमबाट दिगो शान्ति स्थापनामा योगदान पु¥याउन सकिन्छ उक्त प्रेसनोटमा जारी गरीएको छ ।
सोसेक नेपाल सामाजिक न्याय, मानव अधिकार, भेदभावरहित सेवा, आपतकालीन प्रतिक्रिया तथा समावेशी विकासका सबै क्षेत्रमा तटस्थता , निष्पक्षता र जिम्मेवारी जस्ता मान्यताहरूप्रति दृढ रहँदै समुदायसँग सहकार्य गर्दै आएको छ ।
प्रेस नोट:

प्रतिक्रिया