वीरेन्द्रनगरमा ७ दिने चप्पल बनाउने तालिम सुरु

वीरेन्द्रनगरमा ७ दिने चप्पल बनाउने तालिम सुरु

सुर्खेत  -  सुर्खेतको वीरेन्द्रनगरमा सातदिने चप्पल बनाउने तालिम संचालन भएको छ ।  एईआइएन लक्जेम्बर्गको साझेदारी वीरेन्द्रनगर नगरपालिका–१ को समन्वय तथा सोसेक नेपालद्वारा संचालित ‘बिहानी परियोजनाको सहजीकरणमा सात दिने तालिम सुरु भएको हो ।

२५ गतेदेखि श्री बांगेसिमल सामुदायिक सिकाइ केन्द्रमा सुरु गरिएको उक्त तालिमको उद्घाटन वडा अध्यक्ष दीनेस खत्रीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सिकाइ केन्द्रका अध्यक्ष तथा वडा–१ का विभिन्न टोलका टोलअध्यक्षहरूको सक्रिय उपस्थिति रहेको थियो । तालिममा वडा नम्बर १ का सात जना महिलाहरू सहभागी भएका छन् ।

महिलालाई चप्पल उत्पादनसम्बन्धी प्राविधिक सिप प्रदान गरेर स्थानीय स्तरमै जिविकोपार्जन गर्न सक्षम बनाउनका लागि तालिम आयोजना गरिएको बिहानी परियोजनाले जनाएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दीनेस खत्रीले सोसेक नेपालप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सिपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

उनले भने, “सोसेक नेपालले विभिन्न सिपमूलक तालिम उपलब्ध गराइरहेको छ। यहाँ सहभागी बहिनीहरू सात दिन मन लगाएर तालिम सिकेर आफूले नै चप्पल उत्पादन गरी जिविकोपार्जन गर्न सक्षम बन्नुहुनेछ भन्ने ठूलो अपेक्षा राखेको छु।”

प्रतिक्रिया