“सानीभेरी गाउँपालिकाद्वारा सहजकर्ताहरुको सम्मान”
सानीभेरी रुकुम पश्चिमः युरोपिएन युनिएन र युएनएफपीएको आर्थिक सहयोग तथा सानिभेरी गाउँपालिकाको सहयोग र समन्वयमा सोसेक नेपालद्वारा संचालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत कार्यरत सबै सहजकर्ता हरुको एक भव्य कार्यक्रमका बीच सम्मान गरियको छ।
सानिभेरी गाउँपालिकाले कार्यक्रमको आफनत्व ग्रहण गर्दै बिद्यालयहरुमा संचालन भएको रुपान्तरण कक्षाका आठजना साथी सहजकर्ता, परिवार संवादका तीनजना समुदाय सहजकर्ता र अन्तपुस्ता संवादमा सहजीकरण गर्नु भएका तीनजना (जिबिभी) च्याम्पीयनहरुले गरेको कामको उच्च मुल्यांकनगरि सानीभेरी गाउँपालिकाले दोसल्ला सहित प्रशंसा–पत्र प्रदान गरि सम्मान गरेको छ ।
सानिभेरी गाउँपालिकामा, “सशक्त महिला, समृद्ध नेपाल ”कार्यक्रम अन्तर्गत खास गरेर लैंगिक हिंसा रोकथाम र सामाजिक हानिकारक मूल्यमान्यता परिवर्तनका लागि समुदायमा आधारित कार्यक्रमहरु, लैगिक हिँसा प्रतिकार्य तथा महिलाहरुको आर्थिक सशक्तिकरण गरि लैंगिक समानता कायम गर्नका लागि बिभिन्न क्रियाकलापहरु संचालन गरी जिबिकोपार्जनमा पनि सहयोग गर्दै आइरहेको छ । जुन कार्यक्रमले गर्दा सानीभेरी गाउँपालिकामा बिद्दमान हानिकारक सामाजिक मुल्य मन्यताहरुको सोचमा बिस्तारै परिवर्तन हुदै गैरहेको कुरा पालिका अध्यक्ष विर्ख बहादुर बिस्टले बताए।
उक्त सम्मान कार्यक्रममा उपाध्यक्ष कमला रोका पुनको अध्यक्षता, गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टको प्रमुख अतिथि र प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख लिला शर्माले गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले ूथोरै लगानिमा तपाईहरुले समुदायमा र विद्यालयका किशोरकिशोरीमा ल्याएको चेतना र ब्यबहार परीवर्तन जस्तै बालबिबाह न्युनिकरण, लैङ्गिक हिंसा न्युनिकरणको क्षेत्र, किशोरकिशोरीमा बढ्दै गएको लागुपदार्थ दुब्र्यसनि रोकथाम तथा न्यनिकरणको क्षेत्रमा यहाहरुको योगदान को गाउँपालिका उच्च सम्मान गर्दछ र सोसेक नेपाल द्धारा संचालित यस सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमका तपाईहरु १४ जना समुदाय परीवर्तनका वाहक तयार हुनुभयो यो ठुलो गर्व गर्ने विषय हो, अब तपाईहरु जुनसुकै क्षेत्रमा पनि बिक्न सक्ने हुनुभयो, यो धेरै महत्वपुण कुरा हो उनले भने। ू
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले नेपाल सरकार र स्थानिय सरकारले लिएको लक्ष्य, उदेश्य र दिगो विकास लक्ष्य हासिल गर्नमा संघ संस्थाको महत्वपुर्ण भुमिका हुने र सो अभियानमा सोसेक नेपालको भुमिकाको उच्च सम्मान गर्दछु उनले भने ।
कार्यक्रमकी अध्यक्ष तथा उपाध्यक्ष कमला रोका पुनले समाज विकासको आधार भौतिक विकास मात्र नभई नागरीकमा चेतनाको विकास हुन अति आवश्यक छ यो काम सोसेक नेपाल ले गरेको छ, यसको लागी सोसेक नेपाल प्रति धन्यवाद दिदै सोसेक नेपालले भुकम्पको बेलामा गरेको सहयोगको पनी स्मरण गराइन् । युएनएफय र सोसेक नेपाल बाट हाम्रो पालिकाले समग्र बिकासमा सहयोगको अपेक्षा गरेको बताइन् ।
प्रतिक्रिया