एनपिएल उपाधिका लागि भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

एनपिएल उपाधिका लागि भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

काठमाण्डौ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा शनिबार आज दिउँसो ३ः३० बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।
उच्च फर्ममा रहेको सुदूर र सुरुवाती खेलमा खासै प्रदर्शन गर्न नसकेपनि पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएको लुम्बिनीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।  लुम्बिनीले पहिलो पटक फाइनल खेल्दै छ भने सूदूर पहिलो संस्करणमा फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

 एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया