बालविकास शिक्षकहरुका लागि पाठ्यक्रममा आधारीत क्षमता बिकास तालिम सम्पन्न

बालविकास शिक्षकहरुका लागि पाठ्यक्रममा आधारीत क्षमता बिकास तालिम सम्पन्न

दैलेख : ठाटिकाँध गाउँपालिकामा बाल विकास शिक्षकहरुका लागि पाठ्यक्रममा आधारीत क्षमता बिकास तालिम सम्पन्न भएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा सञ्चालित सहकार्य परियोजना र ठाटिकाँध गाउँपालिकाको साझेदारीमा उक्त तालिम गरिएको हो । तालिममा २१ वटा बिद्यालयका बाल विकासका २१ जना शिक्षकहरु सहभागि थिए । 
समापन कार्यक्रममा ठाटिकाँध गाउँपालिका उपाध्यक्ष देविराम बडुवालले  "बाल विकास सहजकर्ताहरुको ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन बाल विकास कक्षा तथा सामाग्री व्यवस्थापन र परिचालन पालिकाले गर्ने धारणा राखे । उनले भने,‘ गाउँपालिका भित्र रहेका सबै विद्यालयको समस्या के छ, हामीले सबै विद्यालयबाट रिर्पोट संकलन गरीरहेका छौं ।

शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष भरतराज अधिकारीले  बालविकास शिक्षकले आफ्ना बालवालिकालाई निजि भन्दा सरकारी बाल शिक्षामा पढायौं भने मात्रै बालविकास पढाइ सुधार हुने बताए । 
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले विद्यार्थीको भविष्य उज्यालो तर्फ लैजाने जिम्मेवारी शिक्षकको हात रहने बताए । साथै उनले भने बिद्यार्थीको भविश्य परिवर्तन गर्नका लागिआफु परिवर्तन हु्न जरुरी रहेको बताए । हाँमिले शिक्षाको गुणस्तर उकास्न शिक्षण विधि र शैक्षिक सामग्रीको सही प्रयोग हुनुपर्छ थापाले बताए। 

तालिमको प्रशिक्षक सेतो गुराँसको राधा कुमारी शाहीले गैर सरकारी संस्था,स्थानिय पालिका लगायत बिकास साझेदार सस्थाहरुले बाल विकास शिक्षक र बालवालिकाको बिकासमा सेवागर्ने बताइन् । सहभागि श्री जनकल्याण आधारभुत बिद्यालय सल्यान जिल्लामा कार्यरत बालविकास शिक्षक धना कुमारी रेउलेले "बिद्यालयमा सामग्रि निर्माण गरी,खेलौना मार्फत, बालवालिकालाई सिकाउँदै आएको बताइन् । उनले यो तालिम लगेपछि थप अझ बिषयबस्तु सँगै पढाएमा बालवालिकाले छिटोबुझ्ने रहेछन अब आफ्नो बिद्यालयमा गएर स्व कार्य गर्ने उनले भनिन् ।"  तालिममा बालविकास शिक्षकहरुले ज्यामेति आकारका सामाग्रिहरु, फुलहरु,जनावरको चित्र बनाउदै पाठ्यक्रममा आधारीत सामग्रि निमार्ण गरेका थिए ।  तालिम मंसिर २२ गते देखि २६ गते शुक्रबार सम्म सञ्चालन भएको थियो । 

प्रतिक्रिया