खाडाचक्रमा अधिकार तथा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

खाडाचक्रमा अधिकार तथा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कालिकोट  -   कालिकोटको खाडाचक्र नगरपालिकामा अधिकार तथा सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  खाडाचक्र नगरपालिकाको समन्वय, एईआइएन लक्जेमबर्गको आर्थिक सहयोग तथा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजना को सहजीकरणमा अधिकार र सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

वडा नम्बर ४ की दलित महिला सदस्य श्री पुन्कली कामीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय सरकार, गैरसरकारी संस्था,  निजी क्षेत्र तथा नागरिक समाज संस्थाहरूबाट प्रदान गरिने अधिकार र सेवाहरूका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा हालै गठित पिपल चौतारी महिला समूह का सदस्यहरू तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । अभिमुखीकरणका क्रममा महिला सशक्तीकरण, सेवा पहुँच, अधिकारको उपयोग र समन्वयात्मक कार्यप्रणालीबारे छलफल गरिएको थियो ।

कार्यक्रमले महिलाहरूलाई आफ्ना अधिकार र उपलब्ध सेवाप्रति सचेत बनाउँदै स्थानीय तहमा सहभागिता र समन्वय बढाउने विश्वास लिइएको छ।

प्रतिक्रिया