समाज रुपान्तरणका संवाहकहरुको सम्मान

समाज रुपान्तरणका संवाहकहरुको सम्मान

दैलेख : नारायण नगरपालिका र सोसेक नेपालको साझेदारीमा संचालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रममा कार्यरत समाज रुपान्तरणका संवाहक बनिरहनु भएको  सहजकर्ताहरुको एक कार्यक्रमका बीच  सम्मान गरियको छ ।

हानिकारक सामाजिक मुल्य मान्यतामा परिवर्तन गरि लैंगिक हिंसा रोकथाम, महिलाहरुको आर्थिक सशक्तिकरण र लैंगिक हिंसा प्रभावितहरुका लागि प्रतिकार्य सेवा,  र महिलाहरुको नेतृत्व विकास र प्रतिनिधित्व गराउदै   नेपालमा लैङ्गिक समानता र महिला तथा बालिकाहरुको सशक्तिकरण अभिबृद्धि गर्ने, एक समृद्ध तथा विकसित नेपाल भन्ने राष्ट्रिय संकल्प साकार  पार्ने मूल उद्देश्यका साथ दैलेखको नारायण नगरपालिकामा पनि सन् २०२४ देखि  “सशक्त  महिला,  समृद्द  नेपाल”  (EWPN) कार्यक्रम संचालन भैरहेको छ ।

उल्लेखित उद्देश्यहरु पुरा गर्नका लागि नारायण नगरपालिकाको विद्यालयहरुमा किशोर किशोरीहरुको लागि रुपान्तरण कक्षाहरु, समुदायमा परिवार संवाद कार्यक्रम, अन्तर पुस्ता संवाद कार्यक्रम गर्दै आएको छ ।्र साथै  समुदायमा आधारित संघ संस्थाका प्रतिनिधि, धार्मिक तथा माजिक अगुवाहरु, बाल क्लब र चेन्ज एजेन्टहरु लाई समुदायमा परिचालन गरि समाजमा बिद्धमान हानिकारक अभ्यासहरू न्यूनीकरण गर्दै लैंगिक हिंसा रोकथाम र  लैंगिक हिंसा प्रभावितहरुका लागि प्रतिकार्य सेवा र सेवा प्रदायकहरुको वारेमा जानकारी दिन  लागि चेतनामूलक कार्यक्रम गर्दै आय आर्जनको लागि व्यवसायमा जोड्दै आईरहेको छ । भने यौन तथा प्रजनन् स्वास्थ्य प्रवर्धनका लागि विद्यालयहरुमा किशोर किशोरी मैत्री सूचना कक्ष पनि संचालन गरेको छ ।

नारायण नगरपालिकाले “सशक्त महिला, समृद्द नेपाल” कार्यक्रमको आफनत्व लिदै लैंगिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरि समाज रुपान्तरणका लागि सहजीकरण गर्दै आईरहनु भएका ति सबै सहजकर्ताहरुको कामको उच्च मुल्यांकन गरि खाँदा सहित प्रशंसा–पत्र प्रदान गरि सम्मान गरेको छ ।
 कार्यक्रमले गर्दा नारायण नगरपालिकामा  बिद्दमान हानिकारक सामाजिक मुल्य मन्यताहरुको सोचमा बिस्तारै सकारात्मक परिवर्तन हुदै गैरहेको र लैंगिक हिंसा न्यूनीकरणमा सहयोग पुगेको कुरा कार्यक्रमका सहभागीहरुले बताएका छन् । 
 
उक्त सम्मान कार्यक्रम नारायण नगरपालिकाका का।वा। नगर प्रमुख रेशम बहादुर थापाको  अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, नगरपालिकाका बिषयगत समितिका प्रमुखहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु र बिभिन्न विकास साझेदार संस्थाका प्रमख तथा प्रतिनिधीहरुको  उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन सामाजिक विकास शाखा प्रमुख खम बहादुर थापाले गरेका थिए ।  

का.वा. नगर प्रमुख रेशम बहादुर थापाले समुदायमा र विद्यालयका किशोरकिशोरीमा ल्याएको चेतना र ब्यबहार परीवर्तन जस्तै बालबिबाह न्युनिकरण,  छाउपढ़ी, छुवाछुत, लैङ्गिक हिंसा न्युनिकरणको क्षेत्रमा  यहाँहरुको योगदान को नगरपालिका उच्च सम्मान गर्दछ  । नारायण नगरपालिकाले लिएको लक्ष्य, उदेश्य पुरा  गर्नमा संघ संस्थाको महत्वपुर्ण भुमिका हुने र सो अभियानमा  सोसेक नेपालको भुमिकाको उच्च सम्मान गर्ने कुरा बताए ।  
“सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम युरोपियन युनियन र युएनएफपियको सहयोगमा नारायण नगरपालिका लगायत दैलेखको अन्य पालिकाहरुमा पनि संचालन हुदै आईरहेको छ ।
 

प्रतिक्रिया