स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटमा इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग तथा सोसेक नेपाल द्वारा सञ्चालित खानेपानी सरसफाइ तथा स्वच्छता पुनर्लाभ परियोजनाको स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक कार्यक्रम सम्पन्न भएको छ । जाजरकोटमा यो परियोजनाले भूकम्प बाट भत्केका, बिग्रेका खानेपानीको संरचना, शौचालयको पुनः निर्माण गर्नको लागि उक्त परियोजना सञ्चालन गरीएएको हो ।
नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले जाजरकोटमा जब भूकम्प गयो कार्तिक १७ गतेको महाभूकम्प गए यता खानेपानी, सडक स्तरोन्नति, भौतिक संरचना लगायत धेरै विकास भएको देखिन्छ । यस नगरपालिकामा खानेपानी तथा सरसफाइका काममा सङ्घ संस्थाको योगदान ठुलो भूमिका रहेको बताए । खानेपानीको संरचनालाई स्वयम आफै जिम्मेवारी भएर दिगोपनाको लागि जोड दिन अग्रसर हुने बताए ।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले समितिमा उठेका गुनासो र जिज्ञासाहरूलाई सम्बोधन गरेका थिए साथै थापाले भने पालिका र साझेदार संस्थाहरूको साझेदारीमा जहाँ खानेपानीको समस्या छ, त्यहाँ खानेपानीको समस्या समाधान गर्ने बताए । उनले भने उपभोक्ताहरूले स्वयंसेवकका रूपमा मर्मत, सरसफाइ र व्यवस्थापनमा सक्रिय हुनुपर्नेमा जोड दिए । “उपभोक्ताहरूको खानेपानी केवल सरकारको जिम्मा होइन, उपभोक्ताको पनि हो,” उनले भने ।
कार्यक्रममा उपप्रमुख देवका लामिछाने, वडा अध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर पुन, विषयगत शाखा, पत्रकार लगायत नागरिक समाजको सहभागिता रहेको थियो । सहभागीहरूले खानेपानी सुरक्षित र पहुँच योग्य हुनुपर्ने, खानेपानी सम्बन्धीका काम गर्दा दिगोपनामा ध्यान दिनुपर्ने लगायत सुझाव दिएका थिए ।
विभिन्न वडाका वडा अध्यक्षहरू आगामी दिनमा आफ्नो वडामा थप शौचालय र खानेपानीको व्यवस्था मिलाई वडा वासीलाई स्वच्छ र सफा खानेपानीको उपलब्ध गरिदिन सोसेक नेपाल लाई माग गरेका थिए ।

हाल सम्म परियोजनाका उपलम्बधिहरुः
यस नलगाड नगरपालिकाका वडाहरू १५० वटा शौचालय निमार्णधिन अवस्थामा रहेका छन् । २३४ वटा स्वच्छता प्रवर्द्धन कक्षा सञ्चालन गरिएको छ । साथै १५ वटा योजनाका २८ जनालाई आधारभूत ग्रामीण मर्मत सम्भार तालिम दिएको छ । यस परियोजनाले ८ वटा वास सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ । अहिले ९ वटा योजनाहरू कार्यान्वयन चरणमा राहेको र १५ वटा योजनाहरुमा योजना पूर्वको तालिम प्रदान गरिएको परियोजना संयोजक सन्तोष ढकालले जानकारी दिए ।
यस नगरपालिकामा खानेपानीका २७ वटा परियोजना बाट करिब ११ हजार ५ सय २४ जना लाभान्वितलाई स्वच्छ र सफा खानेपानीको पहुँच प¥याउने लक्ष्य उक्त परियोजनाले लिएको छ ।
प्रतिक्रिया