सालीसँग बिहे गराइदेउ भन्दै टेलिफोन टावरमा चढे युवक

सालीसँग बिहे गराइदेउ भन्दै टेलिफोन टावरमा चढे युवक

एजेन्सी -  पत्नी छँदाछँदै एक युवकले सालीसँग बिहे गराइदेउ भन्दै परिवारलाई धम्काएको घटना बाहिर आएको छ ।

गाउँकै एक टेलिफोन टावरमा चढ्दै साली सँग बिहे गरिदेउ नत्र आत्महत्या गर्छु भन्दै युवक टेलिफोन टावरमा चढेका हुन् ।

घटना भारतको उत्तर प्रदेश राज्यको औरैया जिल्लास्थित गोपालपुर गाउँको हो । सहरुद्दीन उर्फ शेरा नाम गरेका एक युवक बिहान ९ बजे टेलिफोन टावरमा चढेका हुन ।

भारतीय सञ्चार माध्यामका अनुसार सालीसँग बिहे गराइदिने भन्दै प्रहरीकै समन्वयमा उनलाई टावरबाट तल झारिएको थियो । लगत्तै प्रहरीले उनलाई नियन्तत्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको छ । 

प्रतिक्रिया