नौमुलेमा पालिका स्तरिय परियोजना सल्लाहाकार समितिको बैठक

नौमुलेमा पालिका स्तरिय परियोजना सल्लाहाकार समितिको बैठक

दैलेख : नौमुले गाउँपालिकामा विभिन्न वडाहरुमा शिक्षा, कृषि, अपाङ्गता तथा आयआर्जन  सम्बन्धी गतिविधिहरूको अनुगमन गरी पालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । 
सोसेक नेपाल द्वारा सञ्चालित तथा नौमुले गाउँपालिकाको साझेदारीमा हातेमालो हाम्रो आवाज हाम्रो सहभागिता परियोजना अन्तर्गत अपाङ्गता समूहमा सञ्चालन भएका कामको प्रभाव र समाजमा आएको परिवर्तन मूल्यांकन गर्न उदेश्यले अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा नौमुले गाउँपालिका अध्यक्ष छविराम सुबेदी, उपाध्यक्ष गंग बहादुर शाही, सोसेक नेपाल उपाध्यक्ष कविराज रिजाल, महासचिव ललिता भण्डारी, कोषाध्यक्ष संगीता राना, कार्यसमिति सदस्य मनसरा थापा मगर, हेड अफ प्रोग्राम भिम बहादुर केसी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा निरिक्षक रमा कुमारी थापा , नागरीक समाज, पत्रकार लगायतको सहभागीता थियो ।


अध्यक्ष छविराम सुबेदीले भने सोसेक नेपाल र नौमुले गाउँपालिकाको सयुक्त साझेदारी बाट संचालित कार्यक्रमहरुले समाजमा सकारात्मक प्रभाव पारेको छ । साथै अपांगता भएका ब्याक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण सुधार गर्नुपर्ने बताए । उनले आगामि दिनमा परीयोजना नभए पनि सोसेक सँग साथ सहकार्य निरन्तर रहने धारणा राखे ।

सोसेक नेपालका उपाध्यक्ष कविराज रिजालले भने “संस्था तथा स्थानीय सरकार बिचको निरन्तर संवाद, समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्ने बताए । उनले स्थानिय सरकार सँग एकएक इट्टा थप्दै सम्भावित ब्यावसायलाई बिशेष गरी समावेश गरेर जिविकोपार्जन गर्नमा सहयोग पुग्ने बताए । यस नौमुले गाउँपालिकामा अपांगता भएका ब्याक्तिहरु बाहिर भएमा समावेश गर्दै परिचय पत्र दिनुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा परियोजना सल्लाहकार समिति संयोजक गंग बहादुर शाहीले विगतका कार्यक्रमको समीक्षा, आवश्यकतामा आधारीत आगामि दिनमा पालिकाको साथ सहयोग सधै रहने बताए । उनले थप सस्था र

गाउँपािलकाको साझेदारीमा सञ्चालन भएको हातेमालो परियोजनाले अपांगता भएका ब्यक्तिहरुलाई जिविका निवार्ह गर्नको लागि सिप बिकास तालिमको आवश्यक रहेको बताए ।
हाल नौमुले गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको १० वटा अपांगता स्वावलंबन समुहहरुको गठन भै सक्रिय रहेका छन् । समुहको दिगोपनाका लागि पालिकामा दर्ता प्रक्रियामा रहेका र विभिन्न वित्तिय संस्थाहरुसँग आबद्ध छन् । हिउसरा अपांगता स्वावलंबन समुह नौमुले गाउँपालिका–४ मा अनुगमन तथा पालिका स्तरिय अनुगमनमा छलफल गरिएको थियो । 

प्रतिक्रिया