कृषकका लागि १ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न
ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ५ मा अगुवा कृषकहरूलाई लक्षित गरी १ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम दिइएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित सहकार्य परियोजनाको सहजीकरणमा उक्त तालिम गरिएको हो ।
तालिमममा सहभागी कृषकहरूले आधुनिक तरकारी उत्पादन प्रविधि र प्रबन्ध व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन् ।
उक्त तालिममा फर्सी, करेला, भान्टा, खुर्सानी, पालुङ्गो र धनियाँ जस्ता तरकारीका बीउ वितरण गरिएको थियो, जसले कृषकलाई तरकारी खेतीमा विविधता र उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको कृषि प्राबिधिक भुपेन्द्र सिजापतिले जानकारी दिए ।
उनका अनुसार तालिमका सहभागी कृषकहरूले बीउ वितरण र व्यावहारिक सिँचाइ, मल व्यवस्थापन, माटो तयारी, तथा रोगरकीरा नियन्त्रणसम्बन्धी जानकारीबाट लाभ लिएको बताएका छन् ।



प्रतिक्रिया