“चौकुने गाउँपालिकाद्वारा रूपान्तरण सहजकर्ताहरूको सम्मान”

“चौकुने गाउँपालिकाद्वारा रूपान्तरण सहजकर्ताहरूको सम्मान”

सुर्खेत: युनिसेफ नेपालको आर्थिक सहयोग तथा चौकुने गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित बालिका सशक्तीकरण  परियोजना मार्फत सबै सहजकर्ता हरुको एक भव्य कार्यक्रमका बिच सम्मान गरिएको छ । चौकुने गाउँपालिकाले कार्यक्रमको अपनत्व ग्रहण  गर्दै विद्यालयहरूमा सञ्चालन भएको रूपान्तरण सहजकर्ता १२ जना साथी सहजकर्ताहरूले गरेको कामको उच्च मुल्यांकनगरि चौकुने गाउँपालिकाले दोसल्ला सहित प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष खड्क बि।क। बिबर्सले सोसेक नेपालद्वारा सञ्चालित बालिका सशक्तीकरण  परियोजनाले यस गाउँपालिकामा महिला बालबालिका पोषण  खानेपानी तथा सरसफाइ को क्षेत्रमा गरेको कामका लागि युनिसेफ,  सोसेक नेपाललाई धन्यवाद दिए । उनले थप चौकुनेमा अझै पनि बालविवाह, छाउपडी, महिला हिंसाको समस्या पूर्ण रूपमा समाधान  गर्न सकिएको छैन, यसको लागि स्थानीय सरकार संस्था सँग समन्वय सहकार्य आगामी दिनमा पनि रहने बि।क।बत्ताउँछन् ।  


त्यसै गरी उपाध्यक्ष नर बहादुर बान्तोलाले रूपान्तरण कक्षा बाट सिकेका ज्ञानले   पक्कै पनि किशोर किशोरी सक्षम हुनेछन् । बालविवाह रोक्नमा उहाँहरूको ठुलो भूमिका हुने बताउँदै,  अभिभावक शिक्षाको ज्ञानले अभिभावक जिम्मेवार बन्ने छन्, बालबालिका प्रति जिम्मेवार बन्ने छन्  असल अभ्यास को सुरुवात भएको छ,यसको लागि सोसेक नेपाललाई धन्यवाद दिए । 
उक्त सम्मान कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, विषयगत शाखाका कर्मचारी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले किशोर–किशोरी लक्षित रूपान्तरण कक्षाले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । 
 

प्रतिक्रिया