जाँचबुझ आयोगमा तत्कालीन गृहमन्त्री लेखकको बयान सुरु

जाँचबुझ आयोगमा तत्कालीन गृहमन्त्री लेखकको  बयान सुरु

काठमाडौं : जेनजी विद्रोहसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको बयान लिन सुरु गरेको छ। आयोगको कार्यालय सिंहदरबारमा गएको भदौ २३ र २४ गतेको घटनाका बारेमा बयान सुरु गरिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। 

२३ गतेको आन्दोलनमा विद्यार्थीहरूमाथि बल प्रयोग गरिएको घटनामा तत्कालीन गृहमन्त्री लेखकसँग सोधपुछ भइरहेको हो। देशभर २१ जनाको मृत्यु भएपछि २३ गते राति नै उनले  राजीनामा दिएका थिए।
 
बयानपछि लेखकले आजै दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत थप धारणा सार्वजनिक गर्ने तयारी पनि गरेका छन्। 

यसअघि तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगको वैधतामाथि नै प्रश्न उठाउँदै बयानमा नजाने अडान लिइरहँदा लेखकको निर्णयले ओली दबाब परेका छन्। 
 आयोगका प्रवक्ता शर्माका अनुसार लेखकको सकिएलगत्तै ओलीको बयान लिने तयारी छ। 

प्रतिक्रिया