भैरवीमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका १५ जना काँग्रेसमा प्रवेश
दैलेख : भैरवी गाउपालिका वडा नं २ रावतकोटमा आज मंगलबार नेपाली काङ्ग्रेस भैरवी २ को आयोजनामा १५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एक बिशेष कार्यक्रमको अवसरमा विगतमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध बिष्णु प्रसाद रिजाल,भवानी प्रसाद रिजाल लगायतका व्यक्तिले उक्त पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निबर्तमान प्रतिनिधि सभा सदस्य सीता कुमारी राना, कर्णाली प्रदेश सामाजिक बिकास समिती सभापति पुर्ण बहादुर खत्री, जिल्ला पार्टी सभापति मणिराम रेग्मी , वडा सभापति आाशाराम थापा, मीन बहादुर थापा लगायतका नेताहरुले पार्टीको सदस्यता सहित स्वागत गरेका थिए ।
_eXcT7j7Krb_gauuqtlvc7deumabsshyps4td8g3zymsinaxhv4u15ilee2rwgzf4evtmnsy.jpg)
पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं निबर्तमान माननीय सीता कुमारी रानाले यहाँहरुलाई हार्दिक स्वागत गर्दै नेपाली काँग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्रको स्थापनामा अनवरत संघर्ष गर्दै आएको बताउँदै उनले पार्टीले देश र जनतालाई सर्वोपरी राख्दै अघि बढेको धारणा राखिन् ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको बर्तमान अबस्थाबाट धेरै अपेक्षा गरे पनि सबै आशाहरू निराशामा परिणत बनेको उल्लेख गर्दै उनले काँग्रेस प्रतिको विश्वासकै कारण अन्य दलका नेता तथा कार्यकर्ता पनि नेपाली काँग्रेसमा आकर्षित बन्दै गएको जिल्ला पार्टी सभापति मणिराम रेग्मीले बताए ।

सामाजिक बिकास समिति सभापति पुर्ण बहादुर खत्रीले भने ,सर्वसाधारण एवम् अन्य दलका कार्यकर्ताले काँग्रेस माथि भरोसा एवम् विश्वास गर्दै गएको बताउँदै त्यसलाई आत्मसात गरी अघि बढ्ने उल्लेख गरे ।
पुर्व माओवादी पार्टी तथा हाल नेपाली कम्युनिष्ट पार्टीका वडा कमिटीका उपाध्यक्ष बिष्णु प्रसाद रिजालले जनताको समस्या समाधान गर्ने र स्थानीय स्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग दिएको र जनताको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको उनले बताए ।
प्रतिक्रिया