सुर्खेतको सहिद पार्क नजिकै युवायुवती मृत फेला

सुर्खेतको सहिद पार्क नजिकै  युवायुवती मृत फेला

सुर्खेत -  सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको बताए । ुहामी भर्खर पुगेर अनुसन्धान गर्दै छौँ,' उनले भने, 'पहिचान पनि खुलेको छैन।'

उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको छ। सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ‌।

प्रतिक्रिया