सृर्जनशील आमा समूहको बैठक सम्पन्न

सृर्जनशील आमा समूहको बैठक सम्पन्न

दैलेख -   जिल्लाको भैरवी गाउँपालिका वडा नं. ६ मा गठित सृर्जनशील आमा समूहको बैठक सम्पन्न भएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी, भैरवी गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा सम्पन्न बैठकमा मर्यादित महिनावारी, बाल विवाह तथा घरेलु हिंसाविरुद्ध सचेतना, व्यक्तिगत तथा सामुदायिक सरसफाइ, साथै हजार दिनका आमाको स्वास्थ्य र पोषणको महत्त्वबारे जानकारी दिँदै छलफल गरिएको थियो ।

त्यस्तै महिलाको आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले आयआर्जनका सम्भावना र उपायहरूका विषयमा सहभागीहरूबीच विचार–विमर्श गरिएको थियो । कार्यक्रमले महिलाको स्वास्थ्य, अधिकार र आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसैबीच, भैरवी गाउँपालिका वडा नं. ३ मा गठित सृर्जनशील बाल क्लबको बैठक पनि सम्पन्न भएको छ। बैठकमा महिनावारी स्वच्छता र सरसफाइ, बाल अधिकार, बाल विवाह नियन्त्रणलगायत विविध विषयमा जानकारी प्रदान गर्दै सहभागी बालबालिकाबीच छलफल गरिएको थियो । कार्यक्रमले बालबालिकामा अधिकारबोध, स्वास्थ्य सचेतना र सामाजिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया