खाडाचक्र ५ मा घरदैलो कार्यक्रम सञ्चालन

खाडाचक्र ५ मा घरदैलो कार्यक्रम सञ्चालन

कालिकोट  -   कालिकोटको खाडाचक्र नगरपालिका वडा नं. ५ मा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा तरकारी खेती, फ्लोअफ व्यवस्थापन तथा महिला लैङ्गिक हिंसा र छाउपडीजस्ता सामाजिक कुरीतिविरुद्ध सचेतना प्रदान गरिएको थियो ।

त्यसैगरी समुदायमा कृषि प्रवर्द्धन, महिला सशक्तीकरण र बाल संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले सेफहाउसको भूमिका तथा बालहेल्पलाइन १०९८ सम्बन्धी जानकारी दिइएको आधार परियोजना कालिकोटले जनाएको छ । कार्यक्रमले स्थानीय बासिन्दामा अधिकार, संरक्षण र आत्मनिर्भरता सम्बन्धी समझदारी बढाउन सहयोग पुर्‍याएको बताएका छन् ।

प्रतिक्रिया