सोसेकले गरेको आयआर्जन सहयोग रकम गुराँस युवा क्लबले ग¥यो वृद्धि
भैरवी - दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ३ मा गठित गुराँस युवा क्लबलाई वितरण गरिएको आययआर्जन रकम क्लबले वृद्धि गरेको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा भैरवीमा संचालित आधार परियोजनाद्वारा क्लबलाई वितरण गरेको रकम वृद्धि गरेको हो । भैरवी गाउँपालिका वडा नं. १ मा गठित गुराँस युवा क्लबलाई प्रदान गरिएको आयआर्जन सहयोग रकम वृद्धि गरिएको आधार परियोजनाले जनाएको छ ।
कार्यक्रमअनुसार बाख्रा पालनका लागि दिइँदै आएको आयआर्जन रकम १५ हजार रुपैयाँबाट बढाएर २५ हजार रुपैयाँ पुर्याइएको छ भने कुखुरा पालनतर्फको आयआर्जन रकम १३ हजार रुपैयाँबाट २० हजार रुपैयाँ कायम गरिएको आधारले जनाएको छ ।
त्यसैगरी ऋण असुलीपछि पुनः छ महिनाको अवधिका लागि क्लबका दुई जना सदस्यलाई ऋण लगानी गर्ने निर्णयसमेत गरिएको छ। बैठकमा आयआर्जन, ऋण व्यवस्थापन तथा युवा सशक्तीकरणलगायत विविध विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया