भारतीय राज्य असममा ५.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ - भारतीय राज्य असम सोमबार बिहान ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार हालसम्म कुनै पनि घाइते वा सम्पत्ति क्षतिको खबर आएको छैन।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ४:१७ बजे असमको मोरिगाउँ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको गहिराइ ५० किलोमिटर जमिनमुनि रहेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का कामरूप महानगरपालिका, नागाउँ, पूर्व र पश्चिम कार्बी आङ्लोङ, होजाई, दिमा हासाओ, गोलाघाट, जोरहाट, शिवसागर, चरैदेव, काछार, करिमगन्ज, हाइलाकान्डी, धुब्री, दक्षिण सालमारा मानकाचर, गोलपारामा पनि महसुस गरिएको थियो।
यसैगरी दराङ, तामुलपुर, सोनितपुर, कामरुप, विश्वनाथ, उदलगुरी, नलबारी, बजाली, बारपेटा, बक्सा, चिराङ, कोक्राझार, बोङ्गाइगाउँ, लखिमपुरलगायत उत्तरी जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
साथै अरुणाचल प्रदेश, सम्पूर्ण राज्य मेघालय, साथै नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा र पश्चिम बंगालका केही भागमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो।
प्रतिक्रिया