एकल महिला अधिकार र मानव अधिकारबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

एकल महिला अधिकार र मानव अधिकारबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

कालिकोट -  कालिकोटको खाडाचक्र नगरपालिकामा खाडाचक्रमा एकल महिलाका अधिकार र मानव अधिकारबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ

 मानव अधिकारका लागि महिला एकल महिला समूह जिल्ला कार्यसमिति कालिकोटको आयोजनामा तथा खाडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष मिना शाहीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा खाडाचक्र नगरपालिकाका उपमेयर गशेण शाही प्रमुख अतिथिका रूपमा सहभागी थिए भने जिल्ला समन्वय समितिका सदस्य अजय बहादुर बम विशेष अतिथिका रूपमा उपस्थित थिए ।

त्यस्तै कार्यक्रममा कालिकोट सामाजिक विकास कार्यालयबाट विमला केसी, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रतिनिधि, जिल्लामा रहेका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, सोसेक नेपालबाट प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। खाडाचक्र नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका एकल महिला अध्यक्षहरू तथा महिला मानव अधिकार रक्षकहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा मानव अधिकार, लैङ्गिक हिंसा, घरेलु हिंसा तथा विशेष गरी एकल महिलाहरूका अधिकार, कानुनी संरक्षण र उपलब्ध सेवा–सुविधाका विषयमा सहजीकरण गरिएको थियो । सहभागीहरूले एकल महिलाहरूले भोग्दै आएका सामाजिक विभेद, हिंसा र चुनौतीबारे अनुभव साटासाट गर्दै अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर गशेण शाहीज्यूले महिला तथा एकल महिलाका अधिकार संरक्षणका लागि खाडाचक्र नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमले एकल महिलाहरूलाई आफ्ना अधिकारबारे सचेत बनाउनुका साथै लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरणमा सहयोग पुग्ने आयोजकको भनाइ छ।

प्रतिक्रिया