देउतीबज्यै आमा समूहको सानो लगानीबाट ठुलो उपलब्धि

देउतीबज्यै आमा समूहको सानो लगानीबाट ठुलो उपलब्धि

दैलेख - भैरवी गाउँपालिका वडा नम्बर ५ मा गठित देउतीबज्यै आमा समूहकी सदस्य इन्द्रा आचार्यले समूहबाट लिएको सानो आयआर्जन सहयोगलाई सफल उद्यममा रूपान्तरण गरेकी छन् । उनले समूहबाट १५ हजार रुपैयाँ आयआर्जन रकम लिएर एउटा बाख्रा खरिद गरेकी थिइन् । 

उक्त बाख्राबाट जन्मिएका खसी बिक्री गर्दा उनले ३६ हजार रुपैयाँ आम्दानी गर्न सफल भइन् । यस आम्दानीले घरखर्च चलाउन सहज भएको मात्रै होइन, छोरीको पढाइमा पनि उल्लेखनीय सहयोग पुगेको इन्द्रा आचार्य बताउँछिन् ।

समूहमार्फत लिएको १५ हजार रुपैयाँ सहयोग रकम उनले समयमै फिर्ता गरिसकेकी छिन् भने हाल उनीसँग चारवटा बाख्रा पालन भइरहेको छ । सानो लगानी, मेहनत र समूहको साथले आत्मनिर्भरतातर्फको यात्रामा प्रेरणादायी उदाहरण बनेको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया