जन आविमा सरसफाइ तथा जाडो मौसमसम्बन्धी सचेतना

जन आविमा सरसफाइ तथा जाडो मौसमसम्बन्धी सचेतना

दैलेख -  दैलेखको ठाटीकाँध गाउँपालिका ६ स्थित श्री जन आधारभूत विद्यालयमा कक्षा १ तथा बालविकास केन्द्रमा अध्ययनरत बालबालिकालाई लक्षित गरी सरसफाइ र जाडो मौसममा अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम गरिएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहजीकरणमा बालबालिकालाई नियमित हात–मुख धुने, नङ छोट्याएर राख्ने, सफा कपडा प्रयोग गर्ने जस्ता व्यक्तिगत सरसफाइका उपायहरूबारे जानकारी गराइएको सहकार्य परियोजनामा कार्यरत मनोविमर्शकर्ता तारा आचार्यले जानकारी दिइन् । उनका अनुसार जाडो मौसमका कारण लाग्न सक्ने रोगबाट जोगिन तातो लुगा लगाउने, चिसोबाट बच्ने तरिका तथा स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा सरल भाषामा कुराकानी गरिएको थियो ।

प्रतिक्रिया