सरस्वती आविमा नेतृत्व विकास तथा बालक्लब व्यवस्थापन तालिम सम्पन्न

सरस्वती आविमा नेतृत्व विकास तथा बालक्लब व्यवस्थापन तालिम सम्पन्न

दैलेख -  दैलेखको भगवतीमाई गाउँपालिकामा विद्यालयमा दई दिने नेतृत्व विकास तथा बालक्लब व्यवस्थापन तालिम सम्पन्न भएको छ । अस्ट्रेलियन एड कारितास नेपालको साझेदारी भगवतीमाई गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा भगवतीमाई गाउँपालिकामा संचालित नेपाल जिविकोपार्जन तथा उत्थानशीलता परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो । 

गाउँपालिकाको वडा नम्बर - ५ स्थित श्री सरस्वती आधारभूत विद्यालय कट्टीमा सञ्चालित श्री फुलबारी शान्ति बाल क्लबका विद्यार्थीहरू तथा सम्बन्धित शिक्षक–शिक्षिकाहरूका लागि नेतृत्व विकास तथा बालक्लब व्यवस्थापन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको नेपाल जिविकोपार्जन तथा उत्थानशीलता परियोजनामा कार्यरत सामाजिक सहजकर्ता सम्झना थापामगरले जानकारी दिइन्  ।

उनका अनुसार तालिममा ३४ जनाको सहभागीता  रहेको थियो ।  तालिममा नेतृत्व विकास, बालक्लबको प्रभावकारी व्यवस्थापन, समूहमा काम गर्ने सीप, समन्वय, आपसी सम्मान तथा सहभागितामूलक अभ्यासका विषयमा प्रशिक्षण दिइएको थियो । तालिमको मुख्य उद्देश्य बालबालिकामा नेतृत्व क्षमता विकास गर्नु, बालक्लबलाई सक्रिय र प्रभावकारी रूपमा सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्नु तथा सामूहिक कार्यसंस्कृतिको विकास गर्नु रहेको आयोजकले जनाएको छ।

यस्ता तालिमले विद्यालयस्तरमै बाल सहभागिता सुदृढ भई बाल अधिकार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया