दैलेखमा एकीकृत पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम

दैलेखमा एकीकृत पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम

दैलेख:  दैलेखमा प्राथमिक तह (कक्षा १–३) को एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम सुरु भएको छ । ५ दिन तालिम पौष २५ गते देखि २९ गते मंगलबार सम्म दैलेख बजारमा सञ्चालन हुने छ । वर्ल्डभिजन इन्टरनेशनल नेपाल आर्थिक सहयोग,सोसेक नेपाल द्धारा सञ्चालित बाल सवृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजनाको आयोजना तथा भगवतिमाई गाउँपालिकाको समन्वयमा उक्त एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम सञ्चालन भएको हो । 


 तालिमको पहिलो दिन तालिमको औपचारिक उद्घाटन सत्रमा सोसेक नेपालको महासचिव ललिता भण्डारीले गरेकी थिइन् । उद्घाटन गर्दै उनले भनिन “ बिद्यालयहरुमा बालवामैत्री विद्यालय अनिवार्य हुनुपर्ने हुन्छ ।”  साथै ‘शिक्षालाई कसरी राम्रो, व्यवस्थित बनाउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान छ,’ उनले भनिन, ‘गुणस्तरिय शिक्षामा जोड दिएर अगाडि बढिरहेका छौं ।’ शिक्षासँगै स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा पनि ध्यान दिनुपर्ने महासचिव भण्डारीले बताइन् ।

बाल स्पाेन्सरसीप परियाेजनाकाे मापदण्ड  बारेमा बताउदै गुणस्तरीय शिक्षा बृद्विका लागि यस तालिमले राम्राे प्रभाव पार्ने वर्ल्डभिजनकाे जिल्ला संयाेजक सुरज शर्माले बताए । तालिममा भगवतीमाई गाउँपालिकाका ७ वटै वडाका १८ वटा बिद्यालयको प्राथमिक तहका १८ जना शिक्षकहरु सहभागि रहेका छन् । कष्टोमाइज्ड तालिमको प्रशिक्षक बासुदेव उपाध्याय र धर्मराज खड्काले गरेको शिक्षा अधिकृत जनक अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया