एमालेबाट असन्तुष्ट एनके बस्नेत रास्वपा प्रवेश
दैलेख - सांसद नभए पनि जनसरोकारका विषयमा सक्रिय रहँदै आएका नन्दकिशोर (एनके) बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। संघीय निर्वाचन क्षेत्र नम्बर–१ दैलेखबाट नयाँ अनुहार अघि सार्नुपर्ने धारणा राख्दै आएका बस्नेत एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा पुगेका हुन्।
२०७९ को निर्वाचनमा पराजित रविन्द्र शर्मालाई पुनः एक नम्बरमा सिफारिस गरेपछि बस्नेत असन्तुष्ट बनेका थिए। पुरानै अनुहार दोहोर्याउने प्रवृत्तिमा एमालेमा सुधार नदेखिएको ठहर गर्दै उनले पार्टी परिवर्तन गरेका हुन्।
शनिबार रास्वपाको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पार्टी प्रवेश गरेका बस्नेत रास्वपाबाट दैलेख–१ मा उम्मेदवार बन्ने सम्भावना प्रबल देखिएको छ। बस्नेतसँगै शमशेर खड्का, प्रकाश ढुङ्गाना र बखतबहादुर शाहीसहित अन्य नेता–कार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गरेका छन्।
प्रतिक्रिया