भगवतीमाईमा होमस्टे व्यवसायीका लागि पाँचदिने सीप विकास तालिम सम्पन्न
दैलेख - दैलेखको भगवतीमाई गाउँपालिकामा होमस्टे व्यवसायीका लागि पाँचदिने सीप विकास तथा व्यावसायिक योजना तालिम सम्पन्न भएको छ ।
अष्ट्रेलियन एड कारितास नेपालको साझेदारी, भगवतीमाई गाउँपालिकाको समन्वय तथा सोसेक नेपाल दैलेखको आयोजनामा भगवतीमाई गाउँपालिका वडा नम्बर - ५ पानतोला टोलका होमस्टे व्यावसायिक समूहका सदस्यहरूका लागि पाँचदिने सीप विकास तथा व्यावसायिक योजना सम्बन्धी तालिम सम्पन्न भएको हो ।
पुस २२ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको तालिममा १५ जना सहभागी थिए। तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई आफ्नै व्यवसाय सुरु तथा सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

तालिममा व्यावसायिक योजना तयार गर्ने तरिका, स्थानीय स्रोत–साधनको पहिचान र प्रभावकारी उपयोग, बजारको मागअनुसार व्यवसाय छनोट तथा सञ्चालन, साथै आयआर्जनका अवसर सिर्जना गरी आत्मनिर्भरता बढाउने विषयमा व्यवहारिक प्रशिक्षण दिइएको थियो ।
साना तथा मझौला उद्यम प्रवर्द्धनमार्फत आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको तालिमले होमस्टे व्यवसायलाई व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया