गुराँसद्वारा राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण
दैलेख - लोपोन्मुख आदिवासी राउटे समुदायलाई गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाका कर्मचारीसहितको टोलीले लेकवेशी नगरपालिका–७ मा अस्थायी रूपमा बसोबास गर्दै आएका राउटे समुदायका १३३ जनालाई भत्ता प्रदान गरेको हो।
गाउँपालिकाका अनुसार १३३ जनालाई प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले तथा थप ३ जनालाई ४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्रीले जानकारी दिए ।उनका अनुसार कुल १६ लाख ८ हजार रुपैयाँ रकम वितरण गरिएको छ।
राउटे समुदायको जीवनयापनमा सहयोग पुर्याउने तथा सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया