दैलेखमा एकीकृत पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम सम्पन्न

दैलेखमा एकीकृत पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम सम्पन्न

दैलेखः  दैलेखमा प्राथमिक तह (कक्षा १–३) को एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम सम्पन्न भएको छ । ५ दिन तालिम पौष २५ गते देखि २९ गते मंगलबार सम्म दैलेख बजारमा सञ्चालन भएको थियो । वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग,सोसेक नेपाल द्धारा सञ्चालित बाल सवृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजनाको आयोजना तथा भगवतिमाई गाउँपालिकाको समन्वयमा उक्त एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम सञ्चालन गरीएको थियो । 

तालिमको समापन गर्दै सोसेक नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक हीरासिंह थापाले भने “ हामिले जे बोल्छौ त्यो गरौं, जेबोल्दैनौ त्यो नगर्ने कुरामा जोड दिनुपर्ने छ ।” उनले शिक्षकले तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थी समक्ष पुर्याउन निर्देशन दिए । साथै हाम्रो समाजमा छाउपडी अन्त्यका लागि कानून कार्यान्वयनसँगै शिक्षा, जनचेतना र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका छन् ।


तालिममा सहभागि शिक्षकहरुमध्यबाट बोल्दै लक्ष्मि प्राथमिक विद्यालय भगवतीमाइ–६ का शिक्षक प्रेम प्रसाद दाहालले सोसेक नेपालले भगवतीमाइ गाउँपालिकाको शैक्षिक क्षेत्रमा धेरै सुधारात्मक कार्यक्रममा जोडदिएकोमा धन्यवाद दिए । हामी जसरी यो तालिममा धेरै सीप,ज्ञानहरु सीकेको कुरा लागुगर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे । यस्तै जनप्रिय प्रा वि भगवतीमाइ–५ का प्रधानाध्यापक मान्डवी सिंहठकुरीले एकीकृत पाठ्यक्रममा आधारित तालिमले हामीलाइ धेरै सहयोग भएको र यस्तो किसिमको तालिम शैक्षिक सत्रको सुरुमानै गरेको भए अति आवश्यक हुने बताइन् ।

तालिम कक्षा १,२,३ को कक्षा शिक्षण गर्नमा कठिनाइ हुने भएकोले बहुशिक्षणको तालिम आवश्यक रहेको धारणा राखिन् तालिमको सहजीकारण कर्णली प्रदेश अँग्रेजी रोष्टर शिक्षक धर्मराज खड्का र वासुदेव उपाध्यायले गर्नुभएको थियो । यस परीयोजनाको सहयोगमा भगवतीमाई गाउँपालिको सहकार्यमा ३२ वटा विद्यालयका बाल विकास देखी कक्ष ३ सम्माको धेरेै जसो शिक्षकहरुलाई तालिम दिइसकिएको र तलिम पश्चात कक्षकोठामा सहजिकरण गर्ने गराउने कार्यमा लागिरहोको परियोजना अधिकृत जनक प्रसाद अभिकारीले बताए । ५ दिने तालिममा भगवतीमाई गाउँपालिकाका ७ वटै वडाका १८ वटा बिद्यालयको प्राथमिक तहका १८ जना शिक्षकहरु सहभागिता भएका थियो ।

प्रतिक्रिया