खाडाचक्र नगरपालिका–२ मा महिला समूह पुनर्गठन

खाडाचक्र नगरपालिका–२ मा महिला समूह पुनर्गठन

कालिकोट -  खाडाचक्र नगरपालिका वडा नम्बर–२ मा क्रियाशील महिला समूहलाई पुनर्गठन गरिएको छ। महिला समूह पुनर्गठनसँगै सम्बन्धित संस्थाले गर्ने काम तथा महिलाहरूका लागि उपलब्ध सेवा–सुविधाबारे सहभागीहरूलाई जानकारी गराइएको छ ।

कार्यक्रममा संस्थाले महिला सशक्तीकरण, अधिकार संरक्षण, आयआर्जन, लैङ्गिक हिंसा न्यूनीकरण, स्वास्थ्य तथा कानुनी सचेतनासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइएको थियो। साथै, महिलाहरूले संस्थाबाट कसरी सेवा लिन सक्ने, समस्या परेमा कहाँ र कसरी उजुरी गर्न सकिन्छ भन्ने विषयमा पनि स्पष्ट पारिएको थियो।

पुनर्गठित महिला समूहले आगामी दिनमा समुदायमा रहेका महिलाका समस्या पहिचान गरी सामूहिक रूपमा समाधानतर्फ पहल गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय तहसँग समन्वय गरेर महिला अधिकारको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया