राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सोसेक नेपालको शुभकामना
दैलेख : राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सोसेक नेपालले देशभरिका सम्पूर्ण नागरिक, समुदाय, सरोकारवाला निकाय तथा विकास साझेदारहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।
सोसेक नेपालले जारी गरेको सन्देशमा भूकम्प जस्तो प्राकृतिक विपद् पूर्वानुमान गर्न नसकिने भए पनि यसको जोखिम न्यूनीकरण, सुरक्षित पूर्वतयारी, जनचेतना तथा समुदायस्तरको क्षमता अभिवृद्धिमार्फत जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरेको छ। सुरक्षित संरचनाको निर्माण, विपद्–मैत्री योजना तथा सामूहिक उत्तरदायित्व नै भूकम्प सुरक्षाका मुख्य आधार भएको संस्थाको धारणा छ।
संस्थाले विपद् जोखिम न्यूनीकरण, सुरक्षित बासस्थान प्रवर्द्धन, समुदायस्तरको सचेतना तथा समावेशी विपद् तयारीसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै सुरक्षित र दिगो समुदाय निर्माणमा निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सोसेक नेपालले भूकम्प सुरक्षालाई दैनिकीको हिस्सा बनाउन सबैमा आग्रह गर्दै सुरक्षित भविष्य निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया