भैरवी गाउँपालिकामा आमा समूह तथा युवा क्लबलाई कार्पेट वितरण

भैरवी गाउँपालिकामा आमा समूह तथा युवा क्लबलाई कार्पेट वितरण

दैलेख -  दैलेखको भैरवी गाउँपालिका ४ का आमा समूह तथा युवा क्लबलाई कार्पेट वितरण गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी, भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा वितरण गरिएको हो । 

समूह बैठक तथा सामूहिक गतिविधिहरू सञ्चालन गर्दा सहज होस् भन्ने उद्देश्यले भैरवी गाउँपालिका–४ मा गठित पञ्चकोशी आमा समूह बासुधारा, कालिका आमा समूह कालिकाथान, बासुधारा युवा क्लब तथा पञ्चकोशी आमा समूह आपकारुख लाई कार्पेट प्रदान गरिएको आधार परियोजनाले जनाएको छ ।

कार्यक्रममार्फत समुदायस्तरमा सञ्चालन हुने बैठक, छलफल र सामाजिक गतिविधिहरूलाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको आधारले जनाएको छ। स्थानीय समूहका प्रतिनिधिहरूले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले समूह सञ्चालनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

आधार परियोजनामार्फत स्थानीय तहमा सक्रिय समूहहरूको क्षमता अभिवृद्धि तथा समुदाय सशक्तीकरणमा निरन्तर सहयोग गर्दै आइरहेको सोसेक नेपालले जनाएको छ।

प्रतिक्रिया