कांग्रेस सुदूरपश्चिम संसदीय दल उभियो देउवा पक्षमा

कांग्रेस सुदूरपश्चिम संसदीय दल उभियो देउवा पक्षमा

कैलाली -  कांग्रेस केन्द्रमा देखिएको विवादकाबीच सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको बैठक बसेको छ। उक्त बैठकले पार्टीभित्र देखिएको विवादमा सभापति शेरबहादुर देउवाको साथमा रहने निर्णय गरेको छ।

‘पार्टी केन्द्रमा देखिएको विवाद दुःखद हो । हामी सबै सभापति शेरबहादुर देउवाको साथमा उभिने निर्णय भएको छ’ प्रमुख सचेतक विक्रम धामीले भने ।

कांग्रेस सुदूरपश्चिम संसदीय दलमा १८ जना सांसद रहेका छन्। बैठकमा ११ जना सांसदको सहभागिता रहेको थियो। अन्य सांसदहरू जानकारी दिएर बाहिर रहेको र उनीहरूले पनि निर्णयलाई समर्थन गरेको बैठकमा बताइएको थियो ।

प्रतिक्रिया