जुम्लामा १० जनाको उम्मेदवारी
जुम्ला - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाको उम्मेदवारी परेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।
नेकपा (एमाले)बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले बताए ।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल बिक्रम शाही र नेकपा (माओवादी)बाट बिर्खबहादुर शाहीले उम्मेदवारी दिँदा भक्त बहादुर रावलले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया