भैरवीमा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न

आमा समूह र युवा क्लबमार्फत सामाजिक सचेतना र सहयोग

भैरवीमा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न

दैलेख -  दैलेखको भैरवी गाउँपालिकाका विभिन्न वडामा गठित आमा समूह र युवा क्लबहरूको सक्रियतामा सामाजिक मुद्दा केन्द्रित बैठक तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। एईआइएन लक्जेम्बर्गको साझेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीरकणमा उक्त कार्यक्रमहरु सम्पन्न भएका हुन । 

भैरवी गाउँपालिका वडा नं ४ मा गठित पञ्चकोशी आमा समूहको बैठक बसेर मर्यादित महिनावारी, बालविवाह नियन्त्रण, पोषणयुक्त खानपान तथा आयआर्जनसम्बन्धी विषयमा छलफल गरिएको छ। बैठकले समूहको आयआर्जन कोषबाट रकम असुल गरी अर्को व्यक्तिलाई ऋण लगानी गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै, वडा नं ३ मा गठित फूलबारी युवा क्लबको बैठक बसेर महिनावारी स्वच्छता, सरसफाइलगायत विविध सामाजिक विषयमा जानकारी तथा छलफल गरिएको छ। बैठकलाई व्यवस्थित बनाउन बसाइ व्यवस्थापनका लागि पिफम (फोम) वितरण गरिएको छ।

यता, भैरवी गाउँपालिका वडा नं ५ मा गठित देउती बजै आमा समूह, चन्द आमा समूह तथा पञ्चकोशी युवा क्लबका सदस्यहरूलाई बैठक सञ्चालनमा सहजता पुर्‍याउन पिफम वितरण गरिएको छ।

यसैगरी, वडा नं ३ मा गठित वाणगंगा युवा क्लबको बैठकमा बालविवाह न्यूनीकरण, महिनावारीका बेला ध्यान दिनुपर्ने स्वास्थ्य तथा सरसफाइसम्बन्धी विषयमा छलफल गरिएको छ। सो अवसरमा बैठक व्यवस्थापनका लागि कार्पेट समेत वितरण गरिएको छ।

यस्ता कार्यक्रमले समुदायमा सामाजिक सचेतना बढाउनुका साथै आमा समूह र युवा क्लबको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया