कालिकोटमा महिला सशक्तीकरण र सामाजिक सचेतना कार्यक्रम
कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिकामा महिला सशक्तीकरण र सामाजिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
एईआईन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा वडा नं १ मा गठित डोहोल टोल फूलबारी महिला समूहको बैठक बसेर सरसफाइ र मनोपरामर्शसम्बन्धी विषयमा छलफल तथा जानकारी प्रदान गर्दै महिला समूह भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, आत्मबल अभिवृद्धि तथा सुरक्षित जीवनशैलीबारे केन्द्रित छलफल गरिएको आधार परियोजनाले जनाएको छ ।
त्यस्तै खाडाचक्र नगरपालिका वडा नं १ मा घरदैलो कार्यक्रम सञ्चालन गरी सेफहाउसको अवधारणा, सेवा र पहुँचबारे जानकारी गराइएको छ। हिंसामा परेका महिलासँग प्रत्यक्ष भेट गरी मनोपरामर्श प्रदान गर्दै आवश्यक सहयोगका विषयमा पनि परामर्श गरिएको छ।
त्यस्तै, वडा नं १ संस्थाले प्रदान गर्ने सेवा–सुविधा, टोलफ्री नम्बर १६६०८९४२००१ र बाल हेल्पलाइन १०९८ साथै मनोपरामर्श सेवाबारे समुदायस्तरमा जानकारी गराइएको छ।
यता, खाडाचक्र नगरपालिका वडा नं ३ मा गठित महादेव महिला समूहकी सदस्य छनोटी शाहीले सञ्चालन गरिरहेको तरकारी खेतीको अनुगमन गरिएको छ। अनुगमनका क्रममा उनको उत्पादन अवस्था, चुनौती र सम्भावनाबारे छलफल गर्दै आवश्यक सुझावसमेत प्रदान गरिएको छ।

प्रतिक्रिया