समान र गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सोसेक
सुर्खेत - सोसेक नेपालले गुणस्तरीय, समावेशी तथा समान अवसरयुक्त शिक्षामार्फत मात्र सशक्त व्यक्ति, सक्षम समुदाय र समृद्ध समाज निर्माण सम्भव हुने जनाएको छ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा जारी प्रेस विज्ञप्तिमा शिक्षालाई ज्ञान, सीप र चेतनाको आधारका रूपमा उल्लेख गरिएको छ। सबै बालबालिका, किशोर-किशोरी तथा युवाहरूलाई सुरक्षित, पहुँचयोग्य र गुणस्तरीय शिक्षामा समान अधिकार सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ।
साथै संस्थाले शिक्षा, जीवनोपयोगी सीप तथा समावेशी सिकाइको प्रवर्द्धनमार्फत समुदाय सशक्तीकरण र दिगो विकासका लागि निरन्तर कार्यरत रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया