सुर्खेतमा ईभी गाडि र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सुर्खेत: सुर्खेतको रत्न राजमार्ग अन्तर्गत सुब्बाकुना–छिन्चु सडक खण्डमा पर्ने वीरेन्द्रनगर नगरपालिका–११ भाङ्घारीमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०६२३ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको भे ६ प ३३२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइली निवासी ४३ वर्षीय पदमबहादुर बि.सी.को उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ईभी गाडी चालक फरार रहेकाे र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया