कालिकोटमा आमा समूह लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

कालिकोटमा आमा समूह लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

कालिकोट : शुभकालिक गाउँपालिका वडा नम्बर–३ आरुखडामा महिला सञ्जालको आयोजनामा समुदायमा आधारित संघ–संस्थाहरूबीच संवाद कार्यक्रम अन्तर्गत आमा समूह लक्षित अभिमुखीकरण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

 

युरोपेली संघ र युएनएफपीएको आर्थिक सहयोग तथा सोसेक नेपालद्वारा सञ्चालित ‘शक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत सहजीकरण गरिएको उक्त कार्यक्रम आमा समूहकी अध्यक्ष शान्ती चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा ३६ जनाको सहभागिता रहेको थियो।कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सेवा समाजमा बिद्धमान  हानिकारक अभ्यासहरूका  विषयमा छलफल गरिएको थियो। साथै समुदायमा देखिएका विभिन्न समस्या तथा अनुभवहरू सहभागीहरूले साटासाट गरेका थिए ।

 

छलफलका क्रममा आगामी दिनहरूमा यस्ता हानिकारक अभ्यासहरू न्यूनीकरण गर्न, हिंसा पीडित वा प्रभावित व्यक्तिहरूलाई उपलब्ध सेवाहरूको जानकारी गराउन समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो। कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसाका हानिकारक असरबारे सचेतना फैलाउँदै समुदायस्तरमै जागरण आवश्यक रहेको बताए । कार्यक्रमले समुदायमा सचेतना वृद्धि गर्न तथा महिला सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया