सर्लाही-४ पर्ने गोडैताका चार जना वडाध्यक्ष कांग्रेसमा प्रवेश
काठमाडौं - सर्लाही-४ पर्ने गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बुधबार गोडैता नगरपालिकाको वडा नंं. १ का वडाध्यक्ष सुजित महतो, वडा नं। २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं. ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं. ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेका हुन्।
महतो र शाह नेपाल कम्युनिस्ट पार्टी (नेकपा), गुप्ता जनता समाजवादी पार्टी (जसपा) र पण्डित नेकपा (एमाले) बाट वडाध्यक्ष निर्वाचित भएका थिए।
यस्तै, गत प्रदेश सभाको निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही-४ ‘ख’मा उम्मेदवार बनेका कृष्णकुमार कुशवाह पनि कांग्रेसमा प्रवेश गरेका छन्। यसैगरी, बसबरियाका जसपा नेता मुकेश यादव र वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन्। थापा सर्लाही-४ बाटै प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।
प्रतिक्रिया