भगवतीमाई गाउँपालिकामा रुपान्तरण कक्षा सञ्चालन

भगवतीमाई गाउँपालिकामा रुपान्तरण कक्षा सञ्चालन

दैलेख -  सोसेक नेपाल र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा भगवतीमाई गाउँपालिकामा सञ्चालन भइरहेको आइ.पि.एफ  परियोजना अन्तर्गत भगवतीमाई गाउँपालिका वडा नं . ३ र ६ मा ६ वटा रुपान्तरण कक्षा शनिबार देखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् ।

हप्ताको एक दिन सञ्चालन हुने उक्त कक्षाहरूको शनिबार अवलोकन गरिएको छ । भगवतीमाई वडा नं. ६ चिपिनमा सञ्चालन भएका दुई वटा कक्षाको अवलोकन सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, वर्ल्ड भिजनका जिल्ला संयोजक सुरज शर्मा, कार्यक्रम संयोजक  ललित कुमार खड्काले गरेका हुन्  ।

परियोजना अन्तर्गत भगवतीमाई गाउँपालिकाका दुई वटा वडामा जम्मा ६ वटा रुपान्तरण समूह गठन गरी कक्षा सञ्चालन गरिएको छ ।  ती समूहहरूमा जम्मा १८० जना दर्ता बालबालिकाको सहभागिता रहेको छ ।  २६ हप्तासम्म सञ्चालनमा रहने यी कक्षाहरूबाट बालबालिकाहरूले विभिन्न किसिमका जीवनोपयोगी ज्ञान तथा सीप हासिल गर्ने अपेक्षा गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताए ।

कार्यक्रम संयोजक ललित कुमार खड्काका अनुसार उक्त कक्षाहरू १२ जना तालिम प्राप्त सहजकर्तामार्फत सञ्चालन भइरहेका छन् । बालबालिकाको व्यक्तित्व विकास, जीवन सीप अभिवृद्धि तथा सकारात्मक व्यवहार परिवर्तनमा योगदान पुर्‍याउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा उल्लेखनीय प्रभाव पार्ने विश्वास गरिएको छ ।

 
 

प्रतिक्रिया