पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

रुकुम पश्चिम - यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

 जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ । 

अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिइन्  ।

प्रतिक्रिया