त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ

त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ

काठमाडौँ -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ। 

भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वासरा हुलाक कार्यालय, पार्सल शाखामा कार्यरत नायव सुब्बा छबिप्रसाद रिजाललाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

उनीहरूको साथबाट चारलाख ५३ हजार पाँचसय ५६ रुपैयाँ नगद र २३ थान मोबाइल सेट पनि बरामद गरिएको छ।  अख्तियारको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो। 

उनीहरूले कुरियर कम्पनीमार्फत् विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

कार्यालय सहयोगी पुडासैनीको कार्यक्षबाट १ लाख ४६ हजार र नासु रिजालको कार्यकक्षबाट २ लाख ६८ हजार दुईसय ८८ रुपैयाँ नगद पनि अख्तियारले बरामद गरेको छ। 

प्रतिक्रिया